जेठ ०२, २०८१, बुधबार
               

प्रदेश १ मा ३४३ कोरोना सङ्क्रमित थप

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १६२ मध्ये विराटनगर १३७, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज थपिएका सङ्क्रमितमा महिला १३६ र पुरुष २०७ छन् भने विराटनगरमा महिला ५७ र पुरुष ८० छन् ।

अहिलेसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ४४७ पुगेको छ भने आज १० जनासहित चार हजार १३२ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ३१० जनासहित अहिलेसम्ममा प्रदेशमा एक लाख ३० हजार ६७१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि