जेठ ०३, २०८१, बिहीबार
               

सङ्क्रमित बढेसँगै बेड अभाव सुरु, काठमाडौंमा धान्न मुस्किल हुने भयो : सरकार

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं  ।कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सरकारले शय्या (बेड) अभाव हुन थालेको बताएको छ ।

तीमध्ये अधिकांश सक्रमित काठमाडौं उपत्यकामा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले सङ्क्रमितलाई पायक पर्ने अस्पतालमा शय्या पाउन छाडेको र काठमाडौं उपत्यकाको भार अत्यधिक भएको बताए ।

केही दिन यही दरमा सङ्क्रमित बढेमा उपत्यकाले भार थाम्न नसक्ने बताउँदै उनले  स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई ग्रह गरेका छन् । कोरोना जनस्वास्थ्यका लागि ठूलो समस्या रहेको बताउँदै उनले भन्दै सबैको पहलबाट मात्र सङ्कट टार्न सकिने बताए ।

अहिले किनमेल गर्नेको भीड हेर्दा मानिसले कोरोना बिर्सिएजस्तो लागेको भन्दै प्रवक्ता डा. गौतमले चाँडपर्व खल्लो नबनाउन आफू पनि सङ्क्रमण हुनबाट बच्न र परिवारलाई पनि बचाउन सुरक्षाका मापदण्ड पालना गर्न सुझाव दिए । 

यस्तै, मन्त्रालयले सामान्य ज्वरो तथा रुघाखोकी आउँदा अस्पताल नजान भनेको छ । अस्पतालमा उपचार गर्ने ठाउँ तथा जनशक्तिको अभाव तथा अस्पताल जाँदा भीडभाड भएर त्यहाँबाट कोरोना सर्न सक्ने बताउँदै मन्त्रालयले श्वास फेर्न गाह्रो भएमा बेहोस भएमा वा बेहोस हुने सङ्केत देखिएमा र पिसाब नआएमा मात्र अस्पताल जान आग्रह गरेको छ ।

 ‘विशेषगरी काठमाडौं उपत्यकामा संक्रमितको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको अवस्था छ,’ बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले भने, ‘यही तरिकाले संक्रमण बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन ।’ 

उनले भीडभाड नगर्न आग्रह गर्दै ‘बजारमा किनमेल गर्नेहरुको भीडले तीव्र गतिमा बढेको कोरोना छैन कि भन्ने भान,’ भएको बताए । ‘तपाईं हाम्रा व्यवहारले संक्रमण अप्रत्यासित बढेको छ’ गौतमको भनाइ छ ।

सरकारले यसअघि २५ हजार सक्रिय सङ्क्रमित भएमा सरकारले धान्न नसक्ने भन्दै लकडाउन गर्नुपर्ने बताएको थियो । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको छ ।


कस्तो लाग्यो ?

यो पनि