जेठ ०३, २०८१, बिहीबार
               

केरुङबाट दैनिक १० कन्टेनर सामान आयात

रासस
असोज २१, २०७७

फाइल फोटो
ADVERTISEMENT

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रने क्रम बढेको छ । 

आयात हुने सामग्री केरूङदेखि  रसुवागढीको  मितेरी  पुलसम्म चिनियाँ कन्टेनरले पुर्याउने गरेको छ । 

नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।

कोभिड–१९ उत्पत्ति भएयता गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्कबापत हालसम्म ५० करोड रुपैयाँ राजश्व असूल भएको जनाइएको छ । 

परीक्षणका लागि दैनिक आठ, दश कन्टेनर भन्सार हातामा प्रवेश गर्ने गरेको  सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म टिमुरेले जनाएको छ । 

सामग्री लाद्ने कार्यका लागि ३२ भरिया र  रसुवागढीबाट  टिमुरेमा रहेको भन्सार हातामा कन्टेनर ल्याउन १७ चालकको  व्यवस्थापन गरिएको सुरक्षा निकायले जनाएको छ । 

कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै बसोबासको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

कन्टेनरका सामग्री भन्सार जाँचपास भएपछि सम्बन्धित सवारी साधनका चालकले आफ्नो गन्तव्यतर्फ लाने व्यवस्था मिलाइएको बताइएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि