बैशाख २१, २०८१, शुक्रबार
               

सबै परीक्षा सञ्चालनका लागि सैद्धान्तिक सहमति, उपत्यकावासीलाई यस्तो आग्रह

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको महामारीसँगै रोकिएका विभिन्न तहका परीक्षा सञ्चालनका लागि सरकारले सैद्धान्तिक सहमति दिएको छ ।

बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै तहका परीक्षा सञ्चालनका लागि सहमति दिएको जानकारी दिए ।

मन्त्री ज्ञवालीले परीक्षा सञ्चालनका लागि सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड भने पूरा गर्नुपर्ने बताए ।

मन्त्री ज्ञवालीले भने, ‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहद्वारा जारी गरिएका, जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नेगरी परीक्षा सम्बन्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह विषय र प्रकृतिका परीषाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिन निर्णय भएको छ ।’

त्यस्तै शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि लोकसेवा आयोगको अध्यक्षतमा सिफारिस समिति गठन गर्ने निर्णय भएको ज्ञवालीले बताए । उनले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रियालाई निरन्तरता दिने निर्णय भएको बताए ।

सतर्कता अपनाउन आग्रह 

यसैबीच, सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ 
 ।

मन्त्री ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको बताए ।

हरेक दिन थपिने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’

दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । 

अरु बेला जस्तो काठमाडौं-गाउँ-काठमाडौं ओहारदोहोरा गर्दा संक्रमण पनि ओहोर दोहोर हुने भन्दै उनले सतर्क रहन आग्रह गरे ।

यो पनि