जेठ ०३, २०८१, बिहीबार
               

ज्वाइँ-ससुरा पक्राउ, यस्तो छ आरोप

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

सल्यान । फर्जी नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–७ जिताठानका ४६ वर्षीय मुस्ताज मियाँ र दाङको बबई गाउँपालिका–७ घर भएका २३ वर्षीय समिर मियाँ भन्ने ईमाम बक्स मियाँ छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा मुस्ताज मियाँका ज्वाइँ हुन् समिर मियाँ । ज्वाइँ समिरलाई छोरा भनेर मुस्ताजले २०७५ भदौ २४ गते छत्रेश्वरी गाउँपालिका-७ वडा कार्यालयको सिफारिसमा नागरिकता बनाइदिएको प्रहरीले जनाएको छ ।

पटक पटक आफ्ना बाबु बिसमुल्ला मियाँलाई नागरिकता बनाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेपछि सल्यान गएर ससुरालाई बुबा बनाएर नागरिकता लिएको समिरले प्रहरीसमक्ष बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार पक्राउमा परेका दुवै जनालाई नेपाल नागरिकता ऐन २०६४ बमोजिम कारबाही हुनेछ । 

पक्राउ गरेका दुवैलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप भएको छ ।


कस्तो लाग्यो ?

यो पनि