जेठ ०४, २०८१, शुक्रबार
               

ज्यान मार्ने उद्योग कसुरकी फरार महिला पक्राउ

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

कञ्चनपुर । विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

ज्यान मार्ने उद्योग कसुरमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले विसं २०७४ भदौ २० गतेको फैसला अनुसार पाँच वर्ष कैद सजाय तोकेको थियो । अदालतले कैद तोकेपछि चन्द फरार रहेकी थिइन् । पक्राउ परेकी चन्दलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि