जेठ ०३, २०८१, बिहीबार
               

अवैध सम्बन्ध लुकाउन हत्या,  प्रहरीबाट बच्न अर्कै नाममा नागरिकता

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको गोठाटारमा करिब डेढ वर्षअघि भएको एक हत्याका आरोपी पक्राउ परेका छन् । प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएका विनय माझीलाई पक्राउ गरेको छ ।

०७६ जेठ ५ गते गोठाटारमा सिन्धुपाल्चोकको कर्थली घर भई जोरपाटी बस्दै आएकी ३६ वर्षीया पम्फा श्रेष्ठको शव विनयको कोठामा  भेटिएको थियो, त्यो पनि बाहिरबाट कोठामा ताल्चा लगाएको अवस्थामा ।

श्रेष्ठको घाँटीमा कसिएको डोरी पंखामा झुन्डिएको डोरीसँग चुँडिएर भुईँमा लडेको अवस्थामा शव भेटिएको थियो । प्रहरीका अनुसार श्रेष्ठ ५ दिनदेखि विनयको कोठामा बस्दै आएकी थिइन्, श्रीमानलाई छाडेर । श्रीमती हराएपछि उनका श्रीमानले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले श्रेष्ठको शव भेटेपछि उनका श्रीमानलाई बोलाएर पहिचान गर्न लगाएको थियो । श्रीमानले श्रेष्ठको शव सनाखत गरेका थिए ।

श्रेष्ठ फुटपाथमा बदाम बेच्ने काम गर्दै आएकी थिइन् । त्यतिबेला विनय माझीले आफूलाई विनय श्रेष्ठका रुपमा चिनाउँदै आएका थिए । तर, विनय श्रेष्ठ नाम गरेका व्यक्ति सिन्धुपाल्चोकको इन्द्रावतीमा नभेटेपछि प्रहरी अल्मलिएको थियो । त्यसपछि ती व्यक्ति विनय श्रेष्ठ नभएर विनय माझी रहेको प्रहरीले पत्ता लगायो ।

प्रहरीका अनुसार विनय पछिल्लो समय मकवानपुरको हेटौँडामा बस्दै आएका थिए । उनले मकवानपुरबाट सोमबहादुर राईको नाममा नागरिकता लिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि