जेठ ०३, २०८१, बिहीबार
               

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि थपिए ७२ नयाँ संक्रमित

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको कोभिड १९ परीक्षणमा ७२ जना नयाँ संक्रमित देखिएका छन् । अस्पतालको माइक्रोबायोलोजी ल्याबमा २ सय ५२ जनाको परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो ।

अस्पतालले जनाएअनुसार उक्त ल्याबमा परीक्षण भएकामध्ये अहिलेसम्म २ हजार ९ सय ४७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । त्यसैगरी, ६ सय १२ जनाको पुन: परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएको छ । उक्त ल्याबमा ५५ हजार ७ सय ७७ जनाको परीक्षण भइसकेको छ । 

अस्पतालमा उपचारकै क्रममा ४१ जनाको ज्यान गएको छ भने अहिलेसम्म ८ सय ३० जना भर्ना भएर उपचार गराएका छन् । 


कस्तो लाग्यो ?

यो पनि