जेठ ०३, २०८१, बिहीबार
               

काठमाडौंबाट बैतडी गएका सेना–प्रहरीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

बैतडी । सोमबार सेना, प्रहरी र कर्मचारी गरी पाँच जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा दुई नेपाल प्रहरी, दुई कर्मचारी र एक नेपाली सेनाका जवान छन् ।  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सई र एक असईमा संक्रमण देखिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । केही दिनअघि बिदामा काठमाडौं गएका र फर्किएर क्वारेन्टाइनमा बसिरहेका उनीहरुमा कोरोना देखिएको हो ।

उनले भने, ‘संक्रमण पुष्टि भएपछि उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेका छौं, स्वास्थ्य अवस्था सामान्य छ ।’  यस्तै, मेलौली नगरपालिकामा कार्यरत दुुई कर्मचारीमा पनि कोरोना पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।

यसअघि असोज १३ गते  नगरपालिकाका गाडी चालकमा कोरोना पुष्टि भएपछि जनप्रतिनिधि र कर्मचारीको नमुना परीक्षण गर्दा दुुई जनामा संक्रमण देखिएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । चालक र कर्मचारीमा कोरोना पुष्टि भएपछि मेलौली नगरपालिकालाई अनिश्चितकालका लागि सिल गरिएको छ । 

यस्तै, नेपाली सेनामा काठमाडौंमा कार्यरत रहेका र  हाल बिदामा बैतडी आएका बुझिएको छ । संक्रामण पुष्टि भएका ती जवान पाटन नगरपालिका ५ स्थित होम क्वारेन्टाइनमा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।  

सोमबार थप ५ जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा संक्रमित संख्या ४१७ पुगेको छ। जिल्लामा सक्रिय संक्रमित संख्या २२ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोनाका कारण बैतडीमा एक जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि