जेठ ०४, २०८१, शुक्रबार
               

एकलाख रुपैयाँसहित आठजना जुवाडे पक्राउ

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

लहान । प्रहरीले सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चौकस्थित एक होटलबाट गएराति आठजना जुवाडेलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले होटेलमा जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ५ हजार रुपैयाँ तथा ताससहित मिर्चैया ८ का २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ वर्षीय दिलीप नायक, २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी, गोलबजार नगरपालिका १ का ३२ वर्षीय नातिकाजि राई, उदयपुरको कटारी नगरपालिका १ का २५ वर्षीय बिशाल सुनार र ३४ बर्षीय दानबहादुर राईलाई पक्राउ गरेको हो ।

यसैबीच आफुलाई प्रहरी भन्दै ठगि गर्ने एक जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  अर्नामा गाउँपालिकाका ३० वर्षीय मोजाबिर रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि