जेठ ०४, २०८१, शुक्रबार
               

श्रीमान् र देवर थुनामा

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

तनहुँको व्यास नगरपालिका–१० शेवरमा डेरा गरी बस्ने २१ वर्षीया सुकु परियार गुरुङको मृत्युकाण्डमा उनका श्रीमान् र देवरलाई पुर्पक्षका लागि थुनामा राखिएका छन् ।

जिल्ला अदालत तनहुँले मृतकका श्रीमान् नवराज गुरुङ र देवर शिशिर गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । नवराजलाई जिल्ला कारागार र शिशिरलाई नाबालक भएकाले बालसुधार गृहमा पठाइएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

गत भदौ २६ गते देवरसँग झगडा परेपछि सुकु कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । लगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । पीडित परिवारले सुकुको हत्या भएको बताउँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि