जेठ ०३, २०८१, बिहीबार
               

खुला सीमाका कारण सङ्क्रमण बढ्दो

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको  सङ्क्रमण बढेको पाइएको छ । जनस्वास्थ्यमा मापदण्डविना सभा, गोष्ठी र भीडभाड गरिएले सङ्क्रमण बढेको जनाइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  आज आयोजित पत्रकार सम्मेलनम बाहिर निस्कँदा मास्क लगाउने, दुई  मिटरको दूरी कायम राख्ने र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्ने बताए । 

आज मात्रै मुलुकभर दुई हजार ४४० सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ५३१  सङ्क्रमित फेला परेका छन् । नेपाल भारत सीमामा मानिसको आवतजावतका कारणले पनि सङ्क्रमण बढेको उनले बताए-“ खुला सीमा भएका कारण मानिस सीधै काठमाडौं आए । आएका मानिस पनि १४ दिनसम्म क्वारेन्टाइनमा नबस्दा सङ्क्रमण बढेको हो”, उनले भने, “हामीले बाहिरबाट आइसकेका मानिसलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न भनेका थियौं । त्यो पनि पालना गरिएन । आज सङ्क्रमण बढ्यो भनेर चिन्ता गर्नुभन्दा सङ्क्रमण नबढ्न के गर्न सकिन्छ भनेर सोच्नुपर्छ  ।”

उनका अनुसार नेपालमा हाल आइसोलेशन २० हजार ७६५, सघन उपचार कक्ष  दुई हजार ६०० र  भेन्टिलेर ९००  छन् । अझै ११० भेन्टिलेटर आउने क्रममा छ ।


कस्तो लाग्यो ?

यो पनि