जेठ ०४, २०८१, शुक्रबार
               

पैसा नभएको खाताको चेक दिएर ३२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

ललितपुर । बैंकिङ कसुरका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको खोकना घर भई इखालखु बस्ने ३४ वर्षीय अमर महर्जन रहेका छन् ।

अमरले आफ्नो बैंक खातामा रकम नभएको भन्ने जानी जानी एक महिलालाई चेक काटी दिएका थिए ।

अमरले रिता महर्जनलाई झुक्यानमा पारि २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक कुमारीपाटी शाखाको चेक काटी दिएको प्रहरीले जनाकारी दिएको छ । 

अमरलाई सोमबार काठमाडौंको कुलेश्वरबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापाले जानकारी दिए ।

उच्च अदालत पाटनबाट उनलाई बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी ३२ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

अदालतले सजाय सुनाएपछि अमर फरार भएका थिए ।

उनलाई पक्राउ गरी सजाय कार्यान्वयनका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि