बैशाख १७, २०८१, सोमबार
               

प्रदेश-५ संसदमा कुर्सी तोडफोड (लाइभ)

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

बुटवल । प्रदेश-५को संसदमा कुर्सी तोडफोड भएको छ । कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेस गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई समय दिएसँगै विपक्षी दलका सांसदले कुर्सी तोडफोड गरेका हुन् । 

मन्त्री केसी रोष्टमतर्फ अगाडि बढ्दा कांग्रेस सांसदले छेकेका थिए। नेकपाले सर्वसत्तावाद लाद्न खोजेको भन्दै उनीहरुले मन्त्री केसीलाई रोकेका थिए । मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेस गरेका छन्।

प्रदेश-५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रोपटक बसेको बैठकमा विरोध गरेको छ। सभामुखले बैठक सुरु गरेलगत्तै कांग्रेस सांसद उठेर रोष्टम घेराउ गर्न पुगेका थिए ।

लाइभ हेर्नुहोस्ः


कस्तो लाग्यो ?

यो पनि