बैशाख १७, २०८१, सोमबार
               

अस्पतालको दुई  तलामथिबाट हाम फाल्दा एक बिरामीको मृत्यु

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगरको विराट अस्पतालको दुई  तलामथिबाट हाम फाल्दा एक बिरामीको मृत्यु भएको छ ।

विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हामफाल्दा मोरङ मिक्लाजुङ गाउँपालिका-३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो ।

आइसियुमा उपचाररत उनी फोक्सोका गम्भीर बिरामी थिए ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गजमेर १७ असोजमा उपचारका लागि सो अस्पताल भर्ना भएका थिए । फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनलाई आइसियूमा भर्ना गरी उपचार गरिँदै आइएको थियो । 

आइसियूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले सोमबार बिहान सो अस्पतालको दुई तलामाथिबाट हामफालेका थिए ।


कस्तो लाग्यो ?

यो पनि