बैशाख १७, २०८१, सोमबार
               

गण्डकीमा १६० सङ्क्रमित थपिए

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा नवलपरासी पूर्वका १०० जना छन् भने तनहुँका २८ जना, बाग्लुङका १८ जना, लमजुङका छ जना, कास्कीका चार जना एवम् स्याङ्जा र गोरखाका दुई/दुई जना रहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिनुभयो ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३४ जनाको मृत्यु भएको छ भने दुई हजार ८८२ जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २५९ पुगेको निर्देशनालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि