जेठ ०२, २०८१, बुधबार
               

लठ्याउने औषधि खुवाएर दुई दिनसम्म गाडीभित्रै किशोरीको बलात्कार

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

भक्तपुर । सार्वजनिक बसमा सिन्धुपाल्चोककी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । एक जना फरार छन् ।

पक्राउ पर्नेमा गाडी चालक सिन्धुपाल्चोक चौतारासाँगा नगरपालिका१० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका४ का २१ वर्षीय सूर्य श्रेष्ठ रहेका छन् । 

गाडीभित्र सामुहिक बलात्कार भइरहेको सूचनापछि शनिबार राति साढे ९ बजे प्रहरीले किशोरीको उद्धार गरेको भक्तपुरका प्रहरी नायव उपरीक्षक केशव थेवेले बताए ।

पक्राउ परेका दुइ जनाविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान सुरु भएको डीएसपी थेवेले जानकारी दिए ।

प्रहरीका अनुसार, रत्नपार्कबाट अर्कै युवकले चाँगु नगरपालिका-८ मा लगेर किशोरीलाई बलात्कार गरेका थिए । त्यसको भोलिपल्ट खड्का र श्रेष्ठलाई किशोरी जिम्मा लगाएर ती युवक फरार भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान १० बजेदेखि राति साढे ९ बजेसम्म ती किशोरीलाई उनीहरुले गाडीभित्रै लठ्याएर राखेका थिए ।

साँझ पार्किङ गरिराखेको बसमा बलात्कार गरिरहेको सूचना आएपछि जगाती प्रहरी घटनास्थल पुगेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि