जेठ ०३, २०८१, बिहीबार
               

कर्णालीमा स्वास्थ्यकर्मीदेखि क्याम्पस लेक्चररसम्म थप ५१ संक्रमित

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

कर्णाली । कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा ४२ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ गरी ५१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

'शनिबार पुष्टि भएका सङ्क्रमितमा स्वास्थ्यकर्मी, गृहणीदेखि क्याम्पस लेक्चररसम्म छन्,' स्वास्थ्य शिक्षा अधिकृत कँडेलले भने, 'बाह्र जना त स्वास्थ्यकर्मी मात्रै छन् । शनिबार पुनः ५१ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ७८० पुगेको छ।' सङ्क्रमितमा सुर्खेतका ३७, दैलेखका १०, कालीकोटका एक र प्रदेशबाहिरका तीन व्यक्ति रहेको उनले बताए ।

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा कन्ट्याक्ट ट्रेसिङमा परेका दुई, स्वास्थ्यकर्मी १२, बहालवाला दुई र अवकाश एकसहित तीन कर्मचारी, क्वारेन्टिनमा रहेका पाँच, विद्यार्थी चार, व्यापारी तीन, कृषक, नेपाली सेना, गृहणी, लेक्चरर, सहकारी, सुनचाँदी पसल र शिक्षक एक/एक व्यक्ति छन् । दैलेखमा भने नौ नागरिकमा सङ्क्रमण देखिएको हो ।

त्यस्तै शनिबार ४५ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या तीन हजार ९० पुगेको अधिकृत कँडेलको भनाइ छ। प्रदेशका विभिन्न आइसोलेसनमा ६०५ जना रहेका छन् । कोरोना महामारीका रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका आवश्यक निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा यहाँका सबै क्षेत्रमा सङ्क्रमण फैलिँदै गएको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि