जेठ ०३, २०८१, बिहीबार
               

निषेधाज्ञा अवज्ञा गर्दै प्रदर्शन, 'अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन ?'

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

बुटवल । जिल्ला प्रशासन कार्यालयले बुटवल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि व्यावसायिक संघसंस्थाले विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीले जिल्ला बन्दको आह्वान गरेको छ।

व्यवसायीले संयुक्त संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्न प्रदेश सभामा शुक्रबार प्रस्ताव पेस गरेपछि उद्योगी व्यवसायी र रुपन्देही कांग्रेस आन्दोलित भएको हो ।

बन्दका कारण जिल्लाका मुख्य सडकमा सार्वजनिक यातायात चलेका छैनन् । निजी सवारी र भित्री सडकमा छिटफुट सवारी भने चलेका छन् । आज कांग्रेससहितका व्यावसायिक संघसंस्थाले प्रदर्शन गरेका हुन् ।

बुटवलमा भएको विरोध प्रदर्शनमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले कुनै पनि हालतमा प्रदेश राजधानी सार्न नदिने बताए । 

प्रस्ताव फिर्ता नहुँदासम्म संघर्षका कार्यक्रम जारी राख्ने उनले जनाए । प्रदर्शनकारीले ‘नेताहरू होसियार, अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन ?’ लगायतका नारा लगाएका थिए ।

बुटवलमा र्‍याली र प्रदर्शन सुरु भएसँगै बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीले बुटवलका ठाउँ–ठाउँमा टायर बालेर राजधानी सार्ने निर्णयको विरोध गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि