जेठ ०३, २०८१, बिहीबार
               

कांग्रेस केन्द्रीय कार्यालय पाँच दिनसम्म बन्द

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको केन्‍द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।

पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आज (आइतबार) देखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो ।

यही असोज १५ गते पिसिआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए । 

त्यसमध्ये केही नेताहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि