जेठ ०३, २०८१, बिहीबार
               

सर्वोच्चका न्यायाधीशलाई कोरोना संक्रमण, इजलास बन्द

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  

अदालतका न्यायाधीश र अधिकृत र कर्मचारीमा कोरोना देखिएको र उनीहरु आइसोलेसनमा रहेको सर्वोच्च अदालतले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

स्रोतका अनुसार एक जना न्यायाधीशसहित परिवार नै संक्रमित छन् र दुईजना न्यायाधीशलाई लक्षण देखिएको र अन्य कर्मचारी र सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको छ ।  

अदालतमा कति जनालाई सक्रमण देखियो भन्ने जानकारी दिएको छैन । कोरोना देखिएपछि सर्वोच्चका सबै इजलास बन्द गरिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए । ढकालका अनुसार एउटा इजलासबाहेक आज तोकिएका सबै इजलास बन्द गरिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि