जेठ ०३, २०८१, बिहीबार
               

प्रदेशसभा सदस्य थापालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

भक्तपुर । बागमती प्रदेशसभा सदस्य शशिजंग थापालाई कोरोना संक्रमण भएको छ । भक्तपुर क्षेत्र नं. २ क बाट निर्वाचित प्रदेश सांसद थापालाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद थापाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको र नजिकको सम्पर्कमा रहेकाहरुले आफ्नो स्वास्थ्यको ख्याल गरी परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।

केही दिनदेखि हल्का ज्वरो आएपछि गत असोज १२ गते परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आए पनि ज्वरो निको नभएपछि पुनः शनिबार परीक्षण गर्दा पोजिटिभ देखिएको थापाले बताए ।

‘विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ बाट सावधानी अपनाएर जोगिन खोज्दा खोज्दै कहाँबाट कसरी संक्रमित हुन पुगियो पत्तै भएन,’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि