जेठ ०४, २०८१, शुक्रबार
               

चार लाख भारतीय रुपैयाँसहित एक पक्राउ

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको चार लाख भारतीय अवैध रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले जानकारी दिए । बरामद गरिएको रकममा ५०० रुपैयाँ दरका ४०० थान र दुई हजारको नोट १०० थान गरी भारु चार लाख रुपैयाँ रहेको छ ।

उक्त भारुको नेपालमा ६ लाख ४० हजार हुन्छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि