जेठ ०४, २०८१, शुक्रबार
               

मोबाइल चोरी गर्ने गिरोह पक्राउ

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

प्रहरीले मोबाइल चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौं महानगरपालिका–२२ पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा सात लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गर्ने पाँच जनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक तेमालका २९ वर्षीय सोमा रानी तामाङ, दोलखा गौरीशङ्करका ४० वर्षीय छिरिङ शेर्पा र नुवाकोट पञ्चकन्याका २२ वर्षीय अमृत राई रहेका छन् । प्रहरीले उनीहरूलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले मिलेमतोमा सामान चोरी गरेर सस्तो मूल्यमा बिक्रीबितरण गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए । “जनक तामाङ र प्रकाश तामाङले सामान चोरी गरेर सस्तोमा सोमा रानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्तका प्रमुख शाहले बताए  । 


कस्तो लाग्यो ?

यो पनि