बैशाख २९, २०८१, शनिबार
               

रौतहट हत्याकाण्डका फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

काठमाडौैं । रौतहट  हत्याकाण्डका फरार अभियुक्त पक्राउ परेका छन् ।

२०६४ को चुनावमा मतदातालाई आफ्नो पक्षमा पार्न रौतहटमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा फरार बारा सिम्रौन नगरपालिका -४ का बद्री सहनी शनिबार पक्राउ परेका हुन् ।प्रदेश २ प्रदेशबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

सो घटनाका मुख्य योजनाकार मानिने नेपाली कांग्रेसका नेता तथा रौटहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परिसकेका छन् । 

घटनामा पिन्टु भन्ने २४ वर्षीय त्रिलोकप्रताप सिंह र अर्का २२ वर्र्षका ओसी अख्तरको मृत्यु भएको थियो ।  राजपुर गाउँनजिकैको इँट्टाभट्टामा जलाएर प्रमाण नष्ट गरेको भन्दै २०६५ वैशाख ९ मा पिन्टुका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले सांसद आलम, उनका भाइ महताबसहित मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध किटानी जाहेरी दिएका थिए । 

पीडित परिवारको जाहेरीपछि २०६५ असार ३० मा महान्यायाधिवक्ता कार्यालयले रोक्साना खातुन वादी रहेको मुद्दामा कोहीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णयपछि पीडित श्रीनारायण सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०६९ जेठ १६ मा मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी ‘प्रचलित कानुनबमोजिम’ कारबाही गर्ने आदेश दिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि