जेठ ०३, २०८१, बिहीबार
               

श्रीमतीलाई कुटपिट गरी दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमान् पक्राउ

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

हुम्ला । श्रीमतीलाई दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सात जना पक्राउ परेका छन् ।

हुम्लाको सिमकोट गाउँपालिका–७ ओख्रेनाकी २३ वर्षीया महिलालाई परपुरषसँग सम्बन्ध राखेको आरोपमा उनका श्रीमानले दिसा खुवाउँदै गाउँ डुलाएका थिए । 

श्रीमतीलाई अमानवीय व्यवहार गर्ने श्रीमानसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुर्य सुवेदीले जानकारी दिए । ती महिलालाई प्रहरीले उद्दार गरिसकेको सुवेदीले बताए । 

परपुरुषसँग लागेको आरोपमा श्रीमान र केही गाउँलेले कुटपिट गरेर आफूलाई दिसासमेत खुवाइएको र मोसो दलेर जुत्ताको माला समेत लगाएको ती महिलाले प्रहरीसमक्ष बताएकी छन् । 

पक्राउ परेका सातजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अहिले पीडित महिलालाई संरक्षणका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । 

उनको दुई वर्षीया छोरी र चार वर्षका छोरा छन् । 


कस्तो लाग्यो ?

यो पनि