जेठ ०३, २०८१, बिहीबार
               

नर्समा कोरोना पुष्टि, नगरपालिका कार्यालय सिल

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

धादिङ । धादिङको निलकण्ठ नगरपालिका कार्यालय सिल गरिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बताए । 

कार्यालयका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको र सबैजनाको पिसिआर परीक्षण गरिने उनले बताए । 

यसैबीच, जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट र गाइनोक्लोजिस्टलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

अस्पतालमा उपचाररत एक सुत्केरीमा समेत कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनको पनि पिसिआर परीक्षण गरिने बताइएको छ ।

यो पनि