बैशाख २५, २०८१, मंगलबार
               

सरकार अभिभावक बन्नेछ : मन्त्री अर्याल

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई अभिभावकविहीन भएको महसुश हुन नदिने बताएकी छन् । स्याङ्जाको वालिङ­१४ तमादीमा आज आयोजित श्रद्धाञ्जलिसभामा मन्त्री अर्यालले पहिराले पुरिएर नौ जनाको ज्यान गएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई कहिल्यै पनि अभिभावकको कमी भएको महशुस हुन नदिने बताएकी हुन् । 

मन्त्री अर्यालले भने, “परिवार गुमाउनुको पीडालाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्नुपर्छ । भोलि रुने दिन आउन दिंदैनौँ सरकार यहाँहरुको साथमा छ ।” पहिला घर भएको ठाउँमा अब बस्न नहुने भएकाले घर बनाउनका लागि सरकारले सहयोग गर्ने मन्त्री अर्यालले बताइन् । असोज ८ गते बिहान माया नेपालीको घर माथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरसमेत भत्किएपछि बाँकी बचेका परिवारका सदस्यले विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि