जेठ ०२, २०८१, बुधबार
               

कोरोनाबाट युवतीको मृत्यु

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

नेपालगञ्ज । यहाँस्थित भेरी अस्पतालमा उपचाररत  कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको आज मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनले गत भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन् । भदौ ३० गते उनीको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैदिन उनीलाई भेरी अस्पताल भर्ना गरिएको थियो । रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा समेत उनीलाई बचाउन नसकिएको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ जना  पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि