जेठ ०३, २०८१, बिहीबार
               

खोलामा बगेर बाजुरामा एकै परिवारका ५ जना बेपत्ता

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

धनगढी । बाजुरामा खोलामा बगेर एकै परिवारका पाँचजना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन् ।

हिमाली गाउँपालिका वडा नम्वर ५ कवाडीका धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपालीसहित उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोषी, एक वर्षीया छोरी किस्मती र २ वर्षीया छोरा सम्मान बेपत्ता भएका हुन् ।

शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताए ।

सोही खोलामा झण्डै दुई महिना अगाडि पनि एक बालिका बगेर बेपत्ता भएकी थिइन् । सो खोलामा हरेक वर्ष ५/६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि