जेठ ०३, २०८१, बिहीबार
               

उपचारका लागि लैजाँदै गर्दा दुई कोरोना संक्रमितको एम्बुलेन्सभित्रै मृत्यु

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

मोरङ । कोरोना भाइरस कोभिड १९ दुई जना संक्रमितको एम्बुलेन्सभित्र मृत्यु भएको छ ।

सुनसरीको खनार र सिरहा सुकीपुर दुई पुरुषलाई उपचारका लागि शुक्रबार मोरङ्गको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो ।

अस्पतालको आइसोलेसन इन्चार्ज सुनील देवका अनुसार दुवै जना दिउँसो करिब साढे १२ बजे एम्बुलेन्सभित्रै मृत्यु भएको अवस्थामा रहेका थिए । उनका अनुसार खनारका ९२ वर्षीय वृद्ध र सुकीपुरका ५५ वर्षीय पुरुषलाई उपचारका लागि अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो ।

खनारका वृद्धमा तीन दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । आफैँ होम आइसोलेसनमा बस्दै आएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार परिवारले अस्पताल ल्याएका थिए ।

त्यसैगरी, सिरहा सुकीपुरका पुरुषको सोमबारदेखि नै नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए । बिहीबार उनको पनि कोरोना पोजिटिभ रिपोर्ट आएपछि नोबेलले विराट शिक्षण अस्पतालका लागि रिफर गरेको थियो ।

अस्पताल आइसोलेसनका इन्चार्ज देवका अनुसार खनारका वृद्धमा उच्च रक्तचाप, दम, मधुमेहको समस्या रहेको थियो । त्यसैगरी, अर्का पुरुषमा भने श्वासप्रश्वासमा समस्या र निमोनिया देखिएको थियो ।

उनीहरुलाई एम्बुलेन्समा राखेर ल्याउने क्रममा मृत्यु भएको देवको भनाइ छ । यसक्रममा अस्पतालको आइसोलेसनमा समेत दुवैलाई भर्ना गर्न नसकिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि