जेठ ०४, २०८१, शुक्रबार
               

मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको मृत्यु

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

रोल्पा । मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो ।

खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासि करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका लागि प्युठान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

भारतमा मजदुरी गर्ने उनी कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए ।


कस्तो लाग्यो ?

यो पनि