जेठ ०३, २०८१, बिहीबार
               

आधा किलो सुनसहित दुईजना पक्राउ

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

कपिलवस्तु । मायादेवी गाउँपालिकामा आधा किलो अवैध सुनसहित दुईजना पक्राउ परेका छन् । वडा नम्बर ४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी १६ वर्षीया बहिनीलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट आधा किलो २४ क्यारेटको सुन र १८ क्यारेटको सुनको सिक्री एक थान र एक थान औँठी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

लु. ५६ प ६३१० नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा मायादेवी–७ वनकरियाबाट उनीहरु पक्राउ परेका हुन् । बरामद गरिएको सुनको मूल्य ४२ लाख रुपैयाँभन्दा बढी हुने अधिकारीले बताए ।

पक्राउ परेका गुप्ताको बसोवास भारतीय सीमावर्ती बजार अलिगडवामा समेत रहेको मायादेवीका एक स्थानीयले बताए ।
 


कस्तो लाग्यो ?

यो पनि