जेठ ०३, २०८१, बिहीबार
               

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

बनियानी । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११।६५ ग्राम ब्राउनसुगर बरामद गरेको उनले बताए ।

पक्राउ परेका आलमलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान अगाडि बढाइने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि