जेठ १९, २०८१, शनिबार
               

दोलखाका शैक्षिक संस्था बन्द गर्न निर्देशन

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

दोलखा । दोलखामा कोरोनाका लक्षणसहितका सङ्क्रमित फेला परेपछि सबै शैक्षिक सस्था र जिल्लाका सबै प्रकारका सभा, गोष्ठी, तालीम र  सेमिनार गर्नमा रोक लगाइएको छ । 

बिहीबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजैदेखि लागू हुने गरी उल्लेखिता कार्य पूर्ण रुपमा  बन्द गर्न निर्देशन दिएको हो ।

यसका अलवा सो बैठकले बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरेर अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि केन्द्रले गरेको छ  । जिल्ला प्रमुख अधिकारी  एवं  केन्द्रका अध्यक्ष  रमेशप्रसाद शिवाकोटीले शैक्षिक सहजीकरणका नाममा विद्यालयले विद्यार्थी बोलाई जबर्जस्ती कक्षा  सञ्चालन गरेमा स्वयं विद्यालय र अभिभावक जवाफदेही बन्ने बताए । 

बैठकले कोरोनाको सङ्क्रमण देखिएका स्थानलाई सम्बन्धित स्थानीय तहले जोखिम विश्लेषण गरी आवश्यकतानुसार अत्यावश्यकबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ । खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न र  सभाजुलूस गर्न गराउन निषेध गरिएको छ ।

मठमन्दिर, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा दैनिक नित्य पूजाबाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन । बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापारव्यवसायअन्तर्गतका स्थानमा स्वास्थ्य मापदण्ड विपरीत हुने क्रियाकलाप गर्न रोक लगाइएको छ । 

चाडपर्वलगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट पनि गर्न पाइने छैन । उद्योग, व्यापार, व्यवसाय, निर्माणलगायत कार्य पनि स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत गर्न पाइने छैन ।


कस्तो लाग्यो ?

यो पनि