जेठ ०३, २०८१, बिहीबार
               

कहिले बाहिरिन्छ मनसुन ?

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ ।    

मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम सुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । 

“पश्चिमी भूभागबाट बाहिरिन सुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ”, उनले भने । उनका अनुसार मनसुन पश्चिमी भूभागबाट सुरु भई पूर्वी भूभागबाट अन्त्य हुनेगर्छ । 

गत वर्ष पनि मनसुन अक्टोबरको पहिलो हप्ता बाहिरिएको थियो । मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ भए पनि विगत दुई–तीन वर्षदेखि मनसुन अक्टोबरसम्म पुग्ने गरेको बताइएको छ । 

हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज राति प्रदेश नं १, वाग्मती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नं ५ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम ३० दशमलव ४ डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि