जेठ ०३, २०८१, बिहीबार
               

२० घण्टाको नवजात शिशुसहित गण्डकीमा थपिए ३३ कोरोना संक्रमित

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा २० घण्टाको शिशुसहित कोरोनाका ३३ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ती संक्रमितको पहिचान भएको हो । योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या ३ हजार ८ सय ६६ पुगेको छ । संक्रमित हुनेमा नवलपरासीका २८, कास्की र गोरखाका एक⁄एक जना रहेका छन् ।

त्यस्तै, २०  घण्टाको नवजात शिशुसहित कास्कीमा दुई जना वृद्धमा पनि कोरोना देखिएको हो । 
 


कस्तो लाग्यो ?

यो पनि