जेठ ०३, २०८१, बिहीबार
               

श्रम कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति बन्द

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालयबाट श्रम स्वीकृति दिने काम बन्द गरिएको छ । 

'कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सबै प्रकारका सेवा रोकिएको छ ।' वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले भने ।

दाहालका अुसार, 'एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ ।'

कार्यालय खुला रहे पनि सबै प्रकारका सेवा भने बन्द गरिएको उनले बताए ।

यो पनि