जेठ ०४, २०८१, शुक्रबार
               

यस्तो छ दुई दिनको मौसम

नेपाल फ्ल्यास
असोज १४, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

आज (बुधबार) प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

भोलि (बिहीबार) पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको महाशखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि