बैशाख २८, २०८१, शुक्रबार
               

जिप दुर्घटना हुँदा चालकको मृत्यु

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्ला खोलामा बलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका– १२ निवासी चालक २८ वर्षीय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

सुर्खेतदेखि जुम्ला जाँदै गरेको लु२च २४१२ नम्बरको जीप सडकबाट अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ । 

कालीकोटका प्रहरी प्रमुख चन्दबहादुर शाहका अनुसार सहचालक सुर्खेत निवासी दीपक डाँगी घाइते भएको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जीपमा ६ जना सवार रहेको बताइएको छ  ।
 

यो पनि