जेठ ०४, २०८१, शुक्रबार
               

नियामक निकायबाटै ग्राउन्ड ह्यान्डिलिङ सेवामा पूर्णविराम लगाउने कामको भयो: प्राधिकरण

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्ससँग रहेको ग्राउन्ड ह्यान्डिलिङ सेवामा पूर्णविराम लगाउने कामको सुरुवात गरेको बताएको छ ।

सरकारले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डिलिङ (भूमिस्थ सेवा) सुविधाबारे प्राधिकरणले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । 

‘निगमको ठूलो लगानी रहेको भूमिस्थ सेवाबाट आम्दानी गर्ने कार्यलाई पूर्णविराम लगाउने कार्यको सुरुआत गरेको छ । यसबाट निगमले आर्जन गर्ने राजस्व मध्येबाट क्यानले प्राप्त गर्ने १५ प्रतिशतको राजस्व समेत गुम्ने देखिन्छ,’ जारी सो विज्ञप्तिमा भनिएको छ, ‘संसारमा राष्ट्रिय ध्वजबाहकलाई सरकारले ठूलो संरक्षण गरिरहेको अवस्थामा नियामक निकायबाटै आम्दानी खोस्ने काम भयो । 

अहिले त्रिभुवन विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डिलिङ सेवा दिइरहेको छ । नेपाल वायुसेवा निगमले भूमिस्थ सेवा प्रदान गर्दा त्यसकै लागि आवश्यक स्थानको अभाव रहेको र नयाँ कम्पनीलाई अझ धेरै स्थान नपुग्ने भन्दै विमानस्थल कवाडी खाना जस्तो हुने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अहिले नै स्थान अभाव भइरहेको समयमा अर्को संस्थालाई भूमिस्थ सेवा दिँदा उपकरण तथा सामानको व्यवस्थापन गर्न मुस्किल पर्ने र यसले विमानस्थलमा सुरक्षाको प्रश्न उठ्ने चेतावनी नेपाल एयरलाइन्सको छ । जसले गर्दा यूरोपेली युनियनको कालोसूची समेत लम्बिने भन्दै कम्पनीले सचेत समेत गराएको छ ।

यसअघि प्राधिकरणबाट पाएको सेल्फ ग्राउन्ड ह्यान्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न पर्यटनमन्त्री योगेश भट्टराईले निर्देशन दिएका थिए । 

यो पनि