जेठ ०४, २०८१, शुक्रबार
               

बन्दुक देखाएर तर्साउने दुई जना पक्राउ

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतङ्क फैलाउन दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमरबहादुर थापाले गाउँमा भरुवा बन्दुक देखाएर त्रास फैलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीयवासी २४ वर्षीय लालबहादुर विष्ट र ३५ वर्षीय कमल थापालाई नियन्त्रणमा लिएको बताए ।

अभियुक्तसँग लोड गरेको अवस्थामा रहेको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको उनले बताए । 

“अभियुक्त विष्टले बन्दुक देखाएर तर्साएको रहेछ”, प्रहरी उपरीक्षक थापाले भने, “थप अनुसन्धान भइरहेको छ ।” 

अभियुक्तलाई हातहतियार तथा खरखजनासम्बन्धी आज मुद्दा दायरा गरेर कारवाही अघि बढाइने उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि