जेठ ०४, २०८१, शुक्रबार
               

असोज १९ बाट तातोपानी नाका सञ्चालन गर्ने द्विपक्षीय सहमति

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ । 

मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र तिब्बतको फरेन अफिसका डेपुटी डाइरेक्टर ली उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएसँगै सो नाका सञ्चालनमा आउने भएको हो । 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार साउन १९ गते (सेप्टेम्बर ५ तारेख) देखि  आउनेछ।

कोरोनाका कारण माघ १३ गतेदेखि बन्द भएको तातोपानी नाका चैत २६ देखि सञ्चालनमा आएको सो नाका असार २५ मा सिन्धुपाल्चोकको जम्बु बजार बगाएपछि  ठप्प थियो । पहिरो गएसँगै सो नाका सञ्चालनमा आउन सकेको थिएन । 

पहिरोले सडक बगाएपछि ठप्प भएको चीनसँगको व्यापार अझै खुल्न सकेको छैन। तातोपानी नाका बन्द भएपछि चीन र नेपालबीचको दुई व्यापारिक मार्गमध्ये एउटा मात्र सञ्चालनमा थियाे।


कस्तो लाग्यो ?

यो पनि