बैशाख २५, २०८१, मंगलबार
               

१८ कम्पनीका स्यानिटाइजरमा विषाक्त भेट्टियो : औषधि व्यवस्था विभाग

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । औषधि व्यवस्था विभागले १८ कम्पनीका स्यानिटाइजरमा विषाक्त रहेको भेटिएको बताएको छ । 

औषधि विभागका अनुसार भदौ २७ देखि असोज १२ सम्म देशभर गरिएको अनुगमनमा  १८ कम्पनीका स्यानिटाइजरमध्ये १५ कम्पनीका उत्पादनमा ज्यानै जानसक्ने विषाक्त मिथानोल मिसाइएको पाइएको हो ।

त्यसैगरी, विभागले तीन कम्पनीको स्यानिटाइजरमा विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले तोकेको मापदण्ड नपुगेको बताएको छ । 

औषधि विभागले पछिल्लो समय अनुगमनलाई कडाइका साथ अघि बढाइएको बताएको छ । बजारमा हुन सक्ने यस्ता अन्य उत्पादनको खोजी व्यापक बनाएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । 

 विभागका अनुसार बजारमा भेटिएका विषाक्त स्यानिटाइजरमा मिथानोल मिसावट पाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि