बैशाख १७, २०८१, सोमबार
               

एकैदिन नौ सय सवारीसाधन कारबाहीमा

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यकामा नौ सय सवारी साधन कारबाहीमा परेका छन् । जोरबिजोर प्रणाली कार्यान्वयन नगरेको भन्दै प्रहरीले उनीहरुलाई कारबाही गरेको हो ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि  भन्दै  प्रशासनले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागू गरेको छ । जोरबिजोर नियम पालना नभएको गुनासो बढ्दै गएका कारण आफूहरुले कारबाही गरेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार राजधनीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो । जसमा धेरै मोटरसाइकल छन्।  प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा छाडिएको छ । 


कस्तो लाग्यो ?

यो पनि