मंसिर ०६, २०८१, बिहीबार
               

इलाम बन्यो कोरोना शून्य जिल्ला

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

कोरोना संक्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय संक्रमितहरू घर फर्किएपछि इलाम कोरोना संक्रमणमुक्त भएको हो । 

गत जेठ २७ गते जिल्लामा पहिलो संक्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजेटिभको सङ्ख्या शून्य भएको हो । 

जिल्लामा अहिलेसम्म ९३ व्यक्ति संक्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजेटिभ देखिएकाेमा उनको रिपोर्ट नेगेटिभ आएको छ । 

अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पिसिआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । 

जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो । 

जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्योदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउमाई नगर चार, चुलाचुली तीन र रोङ गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि