असोज ०६, २०८१, आइतबार
               

चितवनमा सशस्त्र प्रहरी बलका दुई बिओपी स्थापना

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

चितवन । चितवनको माडीमा सशस्त्र प्रहरी बल नेपालका २ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी मुख्यालयका अनुसार चितवनको माडी नगरपालिका–१ गर्दीस्थित केदारेश्वर प्रावि र वडा नम्बर ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा एकैदिन दुईवटा बिओपी स्थापना गरिएका हुन् ।

सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाई बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बिओपी उद्घाटन गरेका थिए ।

दुबै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि