बैशाख २०, २०८१, बिहीबार
               

दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

 

काठमाडौं । बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बाराको निजगढ-पथलैया सडक खण्डमा पथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ-१० निवासी २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योति र एक वर्षका छोराको मृत्यु भएको हो । 

पथलैयाबाट निजगढतर्फ गइरहेको प्रदेश २-०००४ प ४४४२ नम्बरको स्कुटरलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना. ४ ख ७२४४ नम्बरको बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिमरा उपमहानगरपालिका १ को दुधौरामा आइतबार बेलुकी पौने पाँच बजे  ठक्कर दिएको थियो।


कस्तो लाग्यो ?

यो पनि