मंसिर ०७, २०८१, शुक्रबार
               

पिसिआर जाँचे पनि परीक्षामा सहभागी नगराउनु: स्वास्थ मन्त्रालय

नेपाल फ्ल्यास
असोज ११, २०७७

corona briefing photo 2
ADVERTISEMENT

निजी मेडिकल कलेजले विद्यार्थीलाई पिसिआर गरेर जाँचमा सहभागी गराउने निर्णय गरेकोमा सरकारले सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । सो निर्णय वैज्ञानिक नभएको र आधारले पुष्टि नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

आइतबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले भने, ‘लक्षण नभएका कुनै पनि विद्यार्थीलाई पिसिआर गरेर मात्र परीक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन हामी अनुरोध गर्दछौँ ।’ 

लक्षण भएका, संक्रमितको सम्पर्कमा आएकाहरु, फ्रान्टलाइनमा काम गर्नेलगायतहरुको सरकारले तोकेको मापदण्डभन्दा बाहिरको मानिसहरुलाई टेष्ट गराउनु गलत भएको मन्त्रालयले जनाएको छ ।

विभिन्न पेसा व्यवसायमा आबद्ध कोही पनि व्यक्ति कन्ट्याक्ट ट्रेसिङ, लक्षण, फ्रन्टलाइनमा काम गर्ने व्यक्ति, आइसियुमा भर्ना भएकालगायत स्वास्थ्य मन्त्रालयले बनाएको सीमाबाहेकका व्यक्तिको कोरोना परीक्षण अवैधानिक भएको गौतमले बताएका छन् ।

साथै, यस्तो काम नगर्न सबै मेडिकल कलेजलाई मन्त्रालयले आग्रह गरेको छ । यसो गरे सरकारले गरिरहेको कोभिड नियन्त्रणमा बल नपुग्ने उनले बताए । 

देशभर सञ्चालित सबै प्रयोगशालालाई यसअघि पिसिआर रिपोर्ट ल्याबले नेगेटिभ आए सम्बन्धित व्यक्तिलाई र पोजेटिभ आए इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखामा पठाउने भए पनि आइन्दा पोजेटिभ आए पनि नेगेटिभ आए पनि सम्बन्धित व्यक्तिलाई नै दिन पनि मन्त्रालयले सूचना जारी गरेको गौतमले बताए । 

यो पनि