काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाकाे मृत्यु भएकाे छ ।
योसँगै मृत्यु हुनेकाे संख्या ४७७ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा काठमाडौंका एक महिला र २ पुरुष छन् । त्यस्तै अन्य मृतक पुरुषहरूमा ललितपुर र बर्दियाका २/२ जना छन् । त्यस्तै अछाम, बारा र रुपन्देहीका १/१ जना छन् ।